नेपालको प्रतिव्यक्ति आय ४५ डलर वृद्धि हुने देखिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १४ सय ३४ अमेरिकी डलर हुने अनुमान गरेको हो।
गत आर्थिक वर्ष २०७९/८० मा १३ सय ८९ डलर प्रतिव्यक्ति आय रहेको थियो। आर्थिक वर्ष २०७८/०७९ को अन्तिम तथ्यांकअनुसार १४ सय ११ डलर आय रहेको तथ्यांक कार्यलयले उल्लेख गरेको छ।
यता चालू आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १४ सय ५६ अमेरिकी डलर हुने अनुमान छ।
गत आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १४ सय ०५ अमेरिकी डलर रहेको थियो।
63
Shares
प्रतिक्रिया