१७ औँ नेपाल चीन (तिब्वत) आर्थिक तथा व्यापार मेला सुरु भएको छ। आज एक समारोहबीच काठमाडौँमा मेलाको उद्घाटन गरिएको छ।
भृकुटी मण्डपमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गरेका हुन्।
मन्त्री भण्डारीले उच्च हिमालय र कठिन भौगोलिक अवस्थिति रहे पनि नेपाल चीन व्यापारमा व्यवधान नहुने बताए। ‘हाम्रा पुर्खाहरुले यी वाधाहरुलाई हिमालय वारपार द्विपक्षी व्यापार अभिवृद्धि गर्ने अवसरका रुपमा लिएका थिए। त्यस कठीन समयमा जतिबेला यातायातका आधुनिक साधनहरु उपलव्ध थिएनन्,’ उनले भने, ‘त्यसबेला देखि नेपाल र चीनबीच व्यापारिक सम्बन्ध रहँदै आएकाे छ।’
15
Shares
प्रतिक्रिया