कारोबार


हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, लगानी सम्मेलनलाई सहयोग पुग्ने अपेक्षा

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार १५:५४, काठमाडौँ

वैशाख १२ गतेदेखि काठमाडौंमा हुन लागेको चौथो हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा भएको छ।

एक्स्पो वैशाख १२ गते (बुधवार) बाट १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा शुरु हुनेछ।

पहिलो दिन बुधवार बिहान साढे ६ बजेबाट स्काई टावरदेखि विद्युतीय सवारीसाधनहरुको र्‍याली शुरु हुने स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले बताए।

र्‍यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरु हुने बताए। स्काइ टावरबाट बानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना हुँदै कुपण्डोल, लैनचौरबाट प्रधानमन्त्री कार्यालय घुमेर भृकुटीमण्डपमा लगेर अन्त्य गर्ने र हिमालय एक्स्पोको शुभारम्भ गर्ने कार्यक्रम रहेको बताए।

उर्जाको क्षेत्रमा लगानी किन गर्ने, फाइदा र समस्याहरु केके छन्? भन्नेबारेमा विभिन्न चरणमा छलफल हुने बताए।

१३ गते बिहीवार राष्ट्रपति रामचन्द्र पौडेलले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको बताए। उनले एक्स्पोले विगतका भन्दा फरक खालको सन्देश प्रवाह गर्ने बताए।

अध्यक्ष कार्कीले जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरु प्रदर्शनी गर्ने र बेच्ने भन्दा बाहेकका कुराहरु विगतमा नहुने गरेको भएपनि यस पटकको मेलामा भने विभिन्न चरणमा उर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्‍याउने विश्वास रहेको बताए।

सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत उत्पादनको योजना सफल बनउनका लागि पनि एक्स्पोले भुमिका खेल्ने बतए।

अध्यक्ष कार्कीले नेपालमा लगानी गर्ने राम्रो वातावरण रहेको सन्देश विदेशी लगानी कर्ताहरुलाई दिन आवश्यक रहेको बताए। उनले एक्स्पोले सरकारले गरेको लगानी सम्मेलनलाई पनि धेरै ठूलो सहयोग पुग्ने बताए।

उनले देश अहिले उर्जामय भएकाले उर्जाको क्षेत्रमा लगानी गर्न धेरै लगानीकर्ताहरु इच्छुक रहेको बताए। उनले नेपालमा लगानी गर्न इच्छुक हुनेहरुका लागि सबैभन्दा राम्रो ठाउँ उर्जा क्षेत्र भएको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .