कारोबार


अर्थसचिवको जिम्मेवारी मधु मरासिनीलाई

अर्थसचिवको जिम्मेवारी मधु मरासिनीलाई

नेपालखबर
बैशाख १०, २०८१ सोमबार १२:४८, काठमाडौँ

अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीले पाएका छन्। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधु मरासिनीलाई बनाउने निर्णय गरेको हो। 

खानेपानी मन्त्री राजेन्द्र कुमार राईले मरासिनीलाई अर्थसचिवको जिम्मेवारी दिएको जानकारी दिए। 

मरासिनी आएसँगै हालका अर्थसचिव कृष्णहरि पुस्करलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ। 

मरासिनी यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिव थिए। 

त्यही समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध पेमेन्ट गेटवे खरिद प्रकरणमा अदालतमा मुद्दा लगेपछि उनी निलम्बनमा परेका थिए। 

विशेष अदालतले उनलाई सफाइ दिएपछि मन्त्रिपरिषदले अर्थसचिवको जिम्मेवारी दिएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .