कारोबार


लगानी सम्मेलनका लागि अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफारिस, यस्ता छन् मन्त्रिपरिषद्का ४ निर्णय

लगानी सम्मेलनका लागि अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफारिस, यस्ता छन् मन्त्रिपरिषद्का ४ निर्णय

नेपालखबर
बैशाख १०, २०८१ सोमबार १२:५६, काठमाडौँ

सरकारले आगामी लगानी सम्मेलनका लागि अध्यादेश ल्याउने भएको छ। 

यसका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। 

लगानी सम्मेलन यही वैशाख १६ र १७ गते काठमाडौंमा हुँदै छ। लगानीको वातावरण बनाई विदेशी लगानीकर्तालाई आकर्षित गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो। 

वैशाख २ गते रातिबाट हिउँदे अधिवेशन अन्त्य भएको थियो। वर्षे अधिवेशनअघि नै सरकारले अध्यादेशमार्फत लगानीसम्बन्धी केही कानुन संशोधन गर्नलागेको हो।  

चार निर्णय के-के?

१. लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेश गर्ने ।

२. विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने ।

३. कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक विदा दिने ।

४. अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .