ad ad

कारोबार


टाटासँग टेस्लाको पार्टनरशीप : टाटाले उत्पादन गर्ने सेमिकन्डक्टर चिप टेस्लाले किन्ने

टाटासँग टेस्लाको पार्टनरशीप : टाटाले उत्पादन गर्ने सेमिकन्डक्टर चिप टेस्लाले किन्ने

नेपालखबर
बैशाख ६, २०८१ बिहिबार १३:२०, काठमाडौँ

अमेरिकी कम्पनी टेस्लाले भारतको टाटा इलेक्ट्रोनिक्ससँग सेमिकन्डक्टर चिप खरिद गर्ने भएको छ।

भारतमा टेस्लाले प्लान्ट स्थापना गर्ने चर्चाबीच टाटासँग सेमिकन्डक्टर चिप सप्लाइका लागि रणनीतिक साझेदारी गरेको छ।

‘द इकोनोमिक्स टाइम’का अनुसार केही महिनाअघि नै टाटा र टेस्लाबीच समझदारीमा हस्ताक्षर भएको हो।

टाटा ग्रुपअन्तर्गत टाटा इलेक्ट्रोनिक्सले अर्को वर्षदेखि उत्पादन गर्ने सेमिकन्डक्टर टेस्लाले प्रयोग गर्ने छ। 

कोरोना महामारीबीच विश्वव्यापी रूपमै सेमिकन्डक्टर चिप अभाव हुँदा विद्युतीय गाडी सप्लाइमै समस्या भइरहेको थियो।

विद्युतीय गाडीको महत्त्वपूर्ण कम्पोनेन्ट ‘सेमिकन्डक्टर चिप’ टाटा आफैँले उत्पादन गर्ने घोषणा गरी काम गरिरहेको छ।

चिप उत्पादनमा विश्व बजारमा चीन, ताइवान र दक्षिण कोरियाको दबदबा छ। टाटाले उत्पादन थालेसँगै भारतले चिपमा ठूलो बजार हिस्सा लिने अनुमान गरिएको छ। 

टाटा ग्रुप र ताइवानको पावरचिप सेमिकन्डक्टर कम्पनीको सहकार्यमा गुजरातमा प्लान्ट स्थापना भएको छ।

सन् २०२६ को अन्तिमबाट सेमिकन्डक्टर उत्पादन गर्ने लक्ष्य छ। यो भारतको पहिलो चिप उत्पादन हुने छ।

दुई कम्पनीको समझदारीले टाटाको उत्पादित चिप बजारमा सुरक्षित हुने छ। टाटा र टेस्लाले साझेदारीका विषयमा आधिकारिक रूपमा भने खुलाएका छैनन्। 

विश्व बजारमा तीव्र गतिमा विस्तार भइरहेको टेस्ला भारतीय बजारमा प्रवेश गर्न चाहेको छ। टेस्लाका संस्थापक इलोन मस्क यही अप्रिलमै भारत आउँदै छन्। मस्कले भारतमा ठूलो लगानीको प्रतिबद्धता गर्ने विश्वास गरिएको छ। 

टेस्लाले भारतमा प्लान्ट राख्न स्थानीय साझेदार खोजिरहेको छ। टेस्लाले भारतमा २ अर्ब डलर लगानी गर्न खोजिरहेको छ। गुजरात, महाराष्ट्र क्षेत्रमा प्लान्ट राख्न सम्भावना हेरिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

भारतले एक महिनाअघि विद्युतीय गाडीको लगानी भित्राउन नीतिमा सहजीकरण गरिदिएको छ।

कम्तीमा ५०० मिलियन डलर भित्र्याउनुपर्ने, ५ वर्षभित्र ५० प्रतिशत भ्यालुएड गर्नुपर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .