कारोबार


पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ०:४९,

आयल निगमले इन्धनको मूल्य घटाएको छ।

भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाइएको हो। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको निगमले जनाएको छ।

मूल्य समायोजनपछि पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल-मट्टितेल प्रतिलिटर ९७-९७ रुपैयाँ कायम भएको छ।

 हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएकाे निगमले जनाएकाे छ।

9988

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad