कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१, सुखड र लम्कीचुहा नगरपालिका– १, लम्कीमा एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरेको छ।
यो सँगै अब बैंकको शाखा संख्या १२० पुगेका छन्। सुखड शाखाको उद्घाटन घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा गरेका थिए।
यसैगरी लम्की शाखाको लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा गरेका थिए।
काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित १२० वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ।

प्रतिक्रिया