राजनीति


किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

नेपालखबर
फागुन ५, २०७६ सोमबार १५:३७,

उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्।

सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ।

यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो।

धेरै पहिलेदेखि नै उत्तर कोरियाले रुसबाट घोडा आयात गर्ने गरेको छ। सन् २०१० यता मात्र उसले रुसबाट झण्डै ६ लाख डलरबराबरको एक सय ३८ घोडा किनिसकेको छ।

किम शुद्ध प्रजातिका घोडामा चढ्न रुचाउँछन्। जुन प्रायः रुसबाट किनने गरिएको छ।

गत अक्टोबर र डिसेम्बरमा पनि किम सेता घोडामा चढेर पवित्र पर्वत पेक्तुतर्फ गएको तस्बिर सार्वजनिक भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad