कारोबार


टीसीएलको सामान किन्दा डेढ लाख माथिको बचत र अन्य आकर्षक उपहार

टीसीएलको सामान किन्दा डेढ लाख माथिको बचत र अन्य आकर्षक उपहार

नेपालखबर
चैत २५, २०८० आइतबार १७:१७, काठमाडौँ

चर्चित होम अप्लाएन्स ब्रान्ड टीसीएलले यसपालिको नयाँ वर्ष लक्षित गर्दै टीसीएलको "दिश न्यु इयर लेट्स स्पार्कल टुगेदर विथ टीसीएल" नामक योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत ग्राहकहरुले टीसीएलका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकहरुले यो योजनाको लाभ चैत्र २३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि रहेका सिजिका विक्रेताबाट उठाउन सक्नेछन्।

यस कमालको अफरमा ग्राहकहरुले कुनै पनि टीसीएलको सामानको खरिदमा १ लाख ६३ हजार ३०० रुपैयाँ सम्मको बचत र अन्य आकर्षक उपहारहरु पाउन सक्नेछन्।

साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। साथै, पुराना भएका सामग्री फेरबदल गरी नयाँ सामान लान चाहाने ग्राहकका लागि समेत कम्पनीले यस योजनाको दौरान एक्सचेन्ज अफरको सुविधा समेत ल्याएको छ। 

नयाँ वर्षको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले "सीजी लोयल्टी क्लब"को रिवार्ड प्रोग्राम अन्तर्गत आकर्षक छुट तथा उपहारहरु समेत प्राप्त गर्न सक्नेछन्।

नेपालभर टीसीएल ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत इओएल प्रालि छ। सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ।

कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धरा, जोरपाटी  र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .