ad ad

कारोबार


सरकारको भुक्तानी सन्तुलन ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा

सरकारको भुक्तानी सन्तुलन ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा

नेपालखबर
चैत २२, २०८० बिहिबार १६:५६, काठमाडौँ

चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा शोधनान्तर स्थिति अर्थात् भुक्तानी सन्तुलन ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा नेपालबाट बाहिरिने र भित्रिने रकमको अन्तर सकारात्मक देखिएको हो।  

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४२ अर्बले बचतमा थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४६ करोडले बचतमा छ। 

चालू खाता १ खर्ब ६६ अर्ब ८७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५५ अर्ब २८ करोडले घाटामा थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .