चालू आर्थिक वर्षको ८ महिना अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.० प्रतिशतले बढेको छ।
चालू आवको आठ महिनामा विदेशबाट नेपालीहरुले ९ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ औपचारिक माध्यमबाट स्वदेश पठाएका हुन्।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो।
48
Shares
प्रतिक्रिया