कारोबार


अर्थतन्त्रले शिथिलता फेस गरिरहेको छ : गभर्नर अधिकारी

अर्थतन्त्रले शिथिलता फेस गरिरहेको छ : गभर्नर अधिकारी

नेपालखबर
चैत २१, २०८० बुधबार १९:५५, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुलुकको अर्थतन्त्रमा शिथिलता कायम रहेको बताएका छन्।

बुधवार काठमाडौंमा कर्पोरेट नेपालको १० औं वार्षिकोत्सव कार्यक्रम बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।

उनले अर्थतन्त्रले शिथिलता भोगिरहेको उल्लेख गरे। उनले गत आर्थिक वर्ष २०७९/८० को केन्द्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको तथ्याङ्कबाट २ प्रतिशत भन्दा कमको आर्थिक वृद्धिदर हासिल गरेको बताए।

उनले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न लक्ष्य भएपनि लक्ष्य अनुसारको आर्थिक वृद्धि नहुने सूचकहरुले देखाइरहेको बताए। उनले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा नभएपनि औसत आर्थिक वृद्धि हुने दाबी गरे।

उनले भने,‘अर्थतन्त्रले एक खालको शिथिलका भोगिरहेको छ। गत आर्थिक वर्ष २०७९/८०को केन्द्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको तथ्याङ्कबाट २ प्रतिशत भन्दा कमको आर्थिक वृद्धिदर हासिल गरौं। यो वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न आशा गरेता पनि त्या पुग्ने सूचकहरु आइरहेका छन्।’

गभर्नर अधिकारीले अर्थतन्त्रका कतिपय प्यारामिटरहरु सबल बन्दै गएको बताए। उनले अर्थतन्त्रका राम्रा पक्षलाई प्रयोग गरेर समग्रमा सुधार गर्न सक्ने ठाउँहरु रहेको बताए।

अर्थतन्त्रको वाह्य क्षेत्र सवल रहेको दाबी गरे। उनले ७ महिनाको वस्तु तथा सेवाको आयात धान्ने राष्ट्र बैंकले राखेको लक्ष्य भन्दा पनि बढी १२.३ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने क्षमता अवस्था पुगेको बताए।

उनले मूल्यवृद्धि पनि लगभग ५ प्रतिशतको हाराहारीमा रहेको बताए। उनले बैंकको ब्याजदर क्रमश घट्दै गएको र बैंकले पोलिसी रेटहरु घटाउँदै गएको बताए।

सरकारलाई आर्थिक स्रोत जुटाउन र खर्च व्यवस्थापन गर्नको लागि चालु खर्च र वित्तीय खर्चको साइज बढ्दै गएकाले पुँजीगत खर्च गर्नुपर्ने रकम त्यतातिर लगाउनु पर्ने चुनौति सरकारसँग रहेको बताए। उनले समग्रमा अर्थतन्त्र हेर्दा बैंकिङ क्षेत्र सबल रहेको बताए।

उनले अर्थतन्त्र र व्यवसायमा रहेको शिथिलता चिर्ने सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको बताए। उनले अर्थतन्त्रको सिथिलता हटाउनको लागि उपायहरु रहेको भन्दै अर्थतन्त्र सिथिलता भयो भन्दैमा निराश हुने अवस्था नरहेको बताए।

उनले अर्थतन्त्रमा शिथिलता छ भन्दैमा कर्मचारी कटौती गर्दा थप अर्थतन्त्रमा शिथिलता बढ्ने भन्दै कर्मचारी कटौती नगर्न आग्रह गरे। उनले अर्थतन्त्र सवल बनाउनको लागि सरकार र निजी क्षेत्र सहकार्य गर्न आवश्यक रहेको बताए। उनले अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको आत्तिनु पर्ने अवस्था नभएको बताए।

उनले विदेशी मुद्रा सञ्चितिलाई सरकारले प्रयोग गर्न आवश्यक रहेको बताए। उनले मनोबल गिराएर होइन निजी क्षेत्र उच्च मनोवल बनाएर व्यवसायीक गतिविधिमा लाग्न आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .