कारोबार


बजार घटे पनि ३ कम्पनीको सेयर सर्किट तहमा बढ्यो

बजार घटे पनि ३ कम्पनीको सेयर सर्किट तहमा बढ्यो

नेपालखबर
चैत १९, २०८० सोमबार १५:२१, काठमाडौँ

सेयरबजार दोस्रो कारोबार दिन पनि घटेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा आइपुगेको छ। 

आज बजारमा ७२ लाख ९० हजार २०० कित्ता सेयर बिक्री भएका छन्। सोसँगै कारोबार रकम २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँ पुगेको छ। 

दिनभरिमा ८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५१ वटाको घटेको र ८ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

नेप्सेका अनुसार होटल तथा पर्यटन र व्यापार सूचक हरियो भए पनि बाँकी सबै घट्न पुगेका छन्। आज सर्वोत्तम सिमेन्टको उच्च परिमाणको कारोबार भएको छ। 

धेरै बढेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
गुराँस लघुवित्त १४८५ १०
माई खोला हाइड्रोपावर ४३४.५० १०
महुली लघुवित्त १०५९.४० ९.४४
तारागाउँ रिजेन्सी होटल ८५१ ७.२५
८.५% प्रभु बैंक डिबेन्चर २०८७ १००० ६.३४

 धेरै घटेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
रिभर फल्स पावर ४०८.५० -९.९८
हिमालयन हाइड्रोपावर लि ३७२.१० -६.२७
अप्पर लोहोरे खोला हाइड्रोपावर ३४८.१० -६.१७
धौलागिरि लघुवित्त १३०० -५.७३
एनआईसी एसिया ग्रोथ फन्ड २ ७.८५ -३.५६

धेरै कारोबार भएका ५ सेयर 

कम्पनी कारोबार रकम (रु)
सर्वोत्तम सिमेन्ट ४७२९१७६३२
शिवम् सिमेन्ट ११००२३८४०
गुर्खाज फाइनान्स ९९९७१३८१
पिपल्स पावर लि ५७९४१३७९
माया खोला हाइड्रोपावर कम्पनी ५६०१६३७५

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .