ad ad

कारोबार


धेरै कमाउने सर्वोत्तम सिमेन्टका सेयरधनी, ५१ कम्पनीको मूल्य बढ्यो

धेरै कमाउने सर्वोत्तम सिमेन्टका सेयरधनी, ५१ कम्पनीको मूल्य बढ्यो

नेपालखबर
चैत १४, २०८० बुधबार १५:१८, काठमाडौँ

बुधबार पनि सेयरबजार ओरालो लागेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १०.८३ अंकले घटेको हो। योसँगै नेप्से २०३०.८६ विन्दुमा झरेको छ। 

आज २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५ सय ३४ रुपैयाँबराबरको ६० लाख ४७ हजार २१ कित्ता सेयर बिक्री भएको छ। ११ बजे कारोबार खुलेयता निरन्तर सूचक ओरालो लागेको थियो। 

आज उत्पादन उपसमूह ६४.०७ अंकले हरियो रहे पनि बाँकी सबै सूचकहरु राताम्य रहे। बीमा, विकास बैंक र होटल समूह धेरै घट्न पुगे। 

योसँगै बजारमा ५१ कम्पनीको सेयर मूल्य बढे पनि १८८ कम्पनीको सेयर घटेको छ। त्यस्तै ६ वटाको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। 

बुधबार पनि सर्वोत्तम सिमेन्टको सेयरमा सकारात्मक सर्किट लाग्दा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीहरुको अधिकतम ५.६६ प्रतिशतसम्मले सेयर मूल्य घटेको छ। 

कुन सेयरको पर्फमेन्स कस्तो?

धेरै बढेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
सर्वोत्तम सिमेन्ट ९८४.६० १०
हिमालयन ८०-२० ९.८६ ९.९३
इस्टर्न हाइड्रोपावर ४७४ ७.२४
पिपल्स पावर लि ४८४ ५.२२
बलेफी हाइड्रोपावर ३६९ ४.२७

धेरै घटेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
कालिका लघुवित्त ७५३.७० -५.६६
शृजनशील लघुवित्त ९७० -३.९६
उन्नति सहकार्य लघुवित्त १६५० -३.७३
सपोर्ट माइक्रोफाइनान्स १२०२ -३.६९
नेपाल रिपब्लिक मिडिया लि ३७२.१० -३.६०

धेरै कारोबार भएका ५ कम्पनी 

कम्पनी कारोबार रकम (रु)
शिवम् सिमेन्ट ९७२२२३२०
जोशी हाइड्रोपावर ८३२२४२५८
सोनापुर मिनरल्स ७३३५६२४१
हिमालयन रि इन्स्योरेन्स ७१०४७२९४
गुर्खाज फाइनान्स ५९०३१९८३

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .