कारोबार


२०४ कम्पनीको सेयर मूल्य घट्यो, कति रुपैयाँको किनबेच?

२०४ कम्पनीको सेयर मूल्य घट्यो, कति रुपैयाँको किनबेच?

नेपालखबर
चैत १२, २०८० सोमबार १५:१७, काठमाडौँ

आइतबार होलीको सार्वजनिक विदापछि सोमबार खुलेको सेयरबजारमा गिरावट आएको छ। 

बजार परिसूचक नेप्से १७.०१ अंकले घटेर २०३१.५५ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

११ देखि दिउँसो ३ बजेसम्म बजारमा ७० लाख ६१ हजार १२ कित्ता सेयर बिक्री हुँदा २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ। 

योसँगै बजारमा ३७ वटा कम्पनीको सेयर मूल्यमा बढोत्तरी देखिए पनि २०४ वटाको घटेको र तीनवटाको अघिल्लो कारोबार मूल्यमै किनबेच भएको छ। 

आजको बजारमा अधिकतम १० प्रतिशतसम्मले बढेको र अधिकतम सोही दरले कम्पनीहरुको सेयर मूल्य घटेको छ। दिनभरिमा अधिकतम २८ करोड ९० लाखसम्मको सेयर कारोबार भएको छ।

आज कुनै एक कम्पनीको अधिकतम ३ लाख ४३ हजार ४ सय ८५ कित्तासम्म कारोबार भएको छ। पटकका हिसाबले कुनै एक कम्पनीको आज अधिकतम १ हजार ९ सय ४ पटकसम्म कारोबार भएको छ।

सोमबार होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड उपसमूहको मात्रै सूचक हरियो छ। अन्य समूह राताम्य छन्।  

टेबलमा हेर्नुहोस् धेरै सेयर मूल्य बढेका र घटेका कम्पनीको अवस्था :

धेरै बढेका ५ सेयर 

कम्पनी  अन्तिम मूल्य (रु) बढेको दर (%)
बोटलर्स नेपाल बालाजु १८२७६.५० १०
सर्वोत्तम सिमेन्ट ८१३.८० ९.९९
तारागाउँ रिजेन्सी होटल ८३३ ८.०४
सीवाईसी नेपाल लघुवित्त १४५० ७.४२
हिमालयन हाइड्रोपावर लिमिटेड ३५५ ६.२९

धेरै घटेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
किसान लघुवित्त ९१८ -१०
बुद्धभूमि नेपाल हाइड्रो ४९० -९.९९
आत्मनिर्भर लघुवित्त १९४१.२० -८.८२
गुराँस लघुवित्त १३२५ -७.०१
युनिक नेपाल लघुवित्त १५०० -६.२५

धेरै कारोबार भएका ५ कम्पनी 

कम्पनी कारोबार भएको रकम (रु)
गुर्खाज फाइनान्स २८९०२५८५६
शिवम् सिमेन्ट १३७८७६१६२
सोनापुर मिनरल्स ८१३२३८४४
हिमालयन रि इन्स्योरेन्स ६२९००९८१
घोराही सिमेन्ट ५८६६४०७३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .