ad ad

कारोबार


विश्व शान्ति अन्तर्राष्ट्रिय सम्मेलन : विदेशी लगानीमा टेवा पुग्ने विश्वास

विश्व शान्ति अन्तर्राष्ट्रिय सम्मेलन : विदेशी लगानीमा टेवा पुग्ने विश्वास

नेपालखबर
चैत ९, २०८० शुक्रबार २०:१८, काठमाडौँ

लगानी बोर्डले अन्तर कन्सुलर कर्पस नेपाल र परराष्ट्र मन्त्रालयको सहकार्यमा ‘समृद्धिका लागि विश्व शान्ति अन्तर्राष्ट्रिय सम्मेलन’ सम्पन्न गरेको छ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन गरेको हो।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेर बिहीबार र शुक्रबार आयोजना भएको सम्मेलनमा १९ वटा देशका गैरआवासीय राजदूतहरू सहभागी थिए।

यस सम्मेलनको आयोजनाबाट प्रत्यक्ष विदेशी लगानीमा टेवा पुगेको आयोजकले बताएको छ।

अन्तर कन्सुलर कर्पस नेपालका प्रमुख विष्णुकुमार अग्रवालका अनुसार  यस सम्मलनको उदेश्य सकरात्मक सन्देश दिनु र अर्को प्रत्यक्ष लगानीको लागि थप सहयोग पुर्याउनु थियो।

लगानी बोर्डेले समृद्धिको आवश्यकतालाई आत्मसात गरी बुद्धका शिक्षाको भावनामा विश्व एकता र समझदारीप्रति प्रतिबद्धता व्यक्त गर्दै लुम्बिनी सम्मेलनले मित्रता र सद्भावनाको सन्देश फैलाउन सम्मेलन आयोजना गरिएको जनाएको छ।

कार्यक्रमा लगानी बोर्ड नेपाल सीईओ सुशील भट्टले लगानी बोर्डको भूमिका, जिम्मेवारी, उपलब्धि र योजनाहरूमा केन्द्रित रहेको सम्मेलनलाई जानाकारी दिए।

उनले वैशाखमा हुने लगानी सम्मेलनका लागि लुम्बिीनीमा सहभागी गैरआवासीय राजदूत र अवैतनिक वाणिज्यदूतहरूलाई निम्ता समेत गरे।

उनले भने ‘गैरआवासीय राजदूतहरूलाई आआफ्नो देशका सम्भावित लगानीकर्ताहरूलाई लगानीका अवसरहरू खोज्न र नेटवर्किङका अवसरहरू सदुपयोग गर्न शिखर सम्मेलनमा सहभागी हुन आग्रह छ।’

सम्मेलनमा गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूतहरू, उच्च सरकारी अधिकारी, पर्यटन क्षेत्रका विज्ञ सहभागी रहेका थिए।

सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया,  सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन  रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी थिए।

आयोजकले लुम्बिनीको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन तथा विश्व शान्ति सन्देशका लागि सम्मेलन भएको बताएको छ। सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .