ad ad

कारोबार


साताको सेयर : कारोबार रकममा सुधार भए पनि निरन्तर घट्दै परिसूचक

साताको सेयर : कारोबार रकममा सुधार भए पनि निरन्तर घट्दै परिसूचक

नेपालखबर
चैत ९, २०८० शुक्रबार १४:१२, काठमाडौँ

यो साता पाँचै दिन सेयरबजार खुलेकोमा १ दिन मात्र बजार बढेको छ। सोमबार एक दिन बजार बढे पनि आइतबार, मंगलबार, बुधबार र बिहीबार सेयर कारोबार मापन गर्ने नेप्से सूचक घटेको छ। 

यो साता ३२.३ अंकले बजार घटे पनि १७ अर्ब ६९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। योसँगै सूचक २०४८ विन्दुमा आइपुगेको छ। सूचक निरन्तर घटे पनि कारोबार रकम भने अघिल्लो सातायता निरन्तर बढ्दो छ।

अघिल्लो साता १३ अर्ब २२ करोड १७ लाख १७ हजार रुपैयाँको कारोबार भएकोमा गत साता कारोबार रकम झण्डै २ अर्बले बढेको थियो। गत साता साढे १५ अर्बको कारोबार भएकोमा यो साता १७ अर्ब नाघेको छ। 

कुन दिन कस्तो बजार?​
आइतबार 

साताको पहिलो कारोबार दिन सेयरबजार घटेको थियो। सूचक १०.६२ अंकले घटेर २०७०.२५ विन्दुमा झरेको दिन बजारमा कुल ३ अर्ब ३८ करोड रुपैयाँको ८४ लाख कित्ता सेयर बिक्री भए। 

यसअनुसार १० वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभए पनि ८४ वटाको बढ्दा १५० वटाको घटेको थियो। 

सोमबार
त्यस्तै सोमबार बजार परिसूचक नेप्से ३.२७ अंकले बढेर २०७३.५३ विन्दुमा पुगेको थियो। उक्त दिन बजारमा २ अर्ब ८८ करोड रुपैयाँको कारोबार हुँदा ७४ लाख कित्ता बढी कारोबार भएको थियो।

उक्त दिन बजारमा ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो। सोमबार कारोबार अवधि सकिँदा १४८ वटा कम्पनीको सेयर बढेको, ८५ वटाको घटेको र १० वटाको उही मूल्यमा कारोबार भएको थियो। 

मंगलबार 
मंगलबार सेयरबजार ६.२४ अंकले घटेर २०६७.२९ विन्दुमा रोकियो। सूचक घटे पनि उक्त दिन कारोबार रकम भने केही बढेको थियो। 

दिनभरिमा ९४ लाख बढी कित्ता बिक्री हुँदा ३ अर्ब ६३ करोड बढी रुपैयाँको सेयर कारोबार भएको थियो। सो दिन फाइनान्स, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूह हरियो भए पनि अन्य सबै राताम्य थिए। 

योसँगै बजारमा १०४ कम्पनीको सेयर बढेको, १२८ वटाको घटेको र ११ वटाको सेयर मूल्यमा कुनै परिवर्तन भएन। मंगलबार बुद्धभूमि नेपाल हाइड्रोपावर र सर्वोत्तम सिमेन्टको सेयरमा सकारात्मक सर्किट लागेको थियो।

बुधबार 
बुधबार फेरि सेयरबजार परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ विन्दुमा रोकियो। उक्त दिन ९४ लाख कित्ता सेयर कारोबार हुँदा ३ अर्ब ४९ करोड रुपैयाँको किनबेच भएको थियो। 

योसँगै ९४ कम्पनीको सेयर बढ्दा १४७ वटाको घटेको र ४ वटाको उही मूल्यमा कारोबार भएको थियो। सो दिन पाँचवटा कम्पनीको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको थियो।  

बिहीबार 
बिहीबार पनि सेयरबजार ओरालो लागेर बन्द भएको थियो। साताको अन्तिम दिन १५.३७ अंकले घटेर बजार २ हजार ४८ अंकमा झर्दा ४ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो। 

बिहीबार १ करोड ८५ लाख कित्ता सेयर बिक्री भएको थियो। सो दिन ४९ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको घटेको थियो।

योसँगै धौलागिरि लघुवित्त, सर्वोत्तम सिमेन्ट, किसान लघुवित्त संस्था, कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाए पनि बुद्धभूमि नेपाल हाइड्रोपावर, गोर्खा फाइनान्स लिमिटेड, बोटलर्स नेपाल बालाजु, गुरास लघुवित्त वित्तसंस्था लगायतको सेयर घटेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .