ad ad

कारोबार


बजार ३ अंकले हरियो, ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट

बजार ३ अंकले हरियो, ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट

नेपालखबर
चैत ५, २०८० सोमबार १५:२३, काठमाडौँ

बजार परिसूचक नेप्से ३.२७ अंकले बढेको छ। योसँगै नेप्से २०७३.५३ विन्दुमा पुगेको छ। 

सोमबार बजारमा २ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ। ७४ लाख कित्ता बढी कारोबार भएको दिन बजारमा ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।  

कारोबार अवधि सकिँदा १४८ वटा कम्पनीको सेयर बढेको छ भने ८५ वटाको घट्दा १० वटाको उही मूल्यमा कारोबार भएको छ। 

धेरै बढेको र घटेको सेयर टेबलमा हेर्नुहोस्—

धेरै बढेका ५ सेयर 

कम्पनी अन्तिम मूल्य (रु) बढेको दर (%)
गुर्खाज फाइनान्स ८६३.५० १०
सप्तकोशी डेभलपमेन्ट बैंक ३१५.८० १०
पिपल्स पावर लि. ३७६.२० १०
धौलागिरि लघुवित्त १०६४.९० १०
पिपल्स हाइड्रोपावर ३५०.२० ९.९९

धेरै घटेका ५ सेयर

कम्पनी अन्तिम मूल्य (रु) घटेको दर (%)
मानुषी लघुवित्त ९०२ -५.१५
एनएमबी बैंक १८९ -२.७३
सिंगटी हाइड्रो इनर्जी २०० -२.४४
मान्डु हाइड्रोपावर ६८३.६० -२.३४
त्रिशूली जलविद्युत् कम्पनी ५१९.६० -२.०४

सर्वाधिक कारोबार भएका ५ कम्पनी

कम्पनी कारोबार भएको रकम (रु)
गुर्खाज फाइनान्स २३१४५८०७७
शिवम् सिमेन्ट २०३०२०७७८
सोनापुर मिनरल्स १३४६६२६११
अप्पर तामाकोशी ११६४१५५५०
घोराही सिमेन्ट ७४३५५२२९

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .