यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म दैशैपरि रुट परमिट खुला हुने भएको छ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालासँगको बैठकले असोज १२ गते शनिबारदेखि अग्रिम टिकट बुकिङ र घटस्थापनादेखि रुट परमिट पनि खुला गर्ने निर्णय गरेको हो।
विभागका अधिकारीहरूका अनुसार, यात्रुवाहक सवारी साधन घटस्थापनादेखि पूर्णिमासम्म सबै रुटमा चल्न पाउनेछन्।
कुनै बाटोको विशेष प्रकृतिका कारण चल्न निषेध गरिएका आकार–प्रकारका सवारीसाधनबाहेक अन्यका हकमा यसअघिको रूट पर्मिट लागू नहुने विभागको भनाइ छ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले यो निर्णय गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।
174
Shares

प्रतिक्रिया