ad ad

कारोबार


झण्डै २२ लाख नेपालीले परदेशमा रोजे स्थायी बसोबास, उतै जन्मिन्छन् साढे २ प्रतिशत

झण्डै २२ लाख नेपालीले परदेशमा रोजे स्थायी बसोबास, उतै जन्मिन्छन् साढे २ प्रतिशत

नेपालखबर
चैत ४, २०८० आइतबार १८:१, काठमाडौँ

नेपालको कुल जनसंख्याको २ दशमलव ५ प्रतिशत विदेशमै जन्मिएकाहरु रहेका छन्। 

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेकोमा विदेशमा जन्मिएका र हाल विदेशमा रहेकाहरुको संख्या धेरै नै देखिएको हो। 

विदेशमा जन्मिएकामध्ये सबैभन्दा धेरै भारतमा ९७  प्रतिशत छन्।  

अहिले विदेशमा स्थायी बसोबास गर्नेको संख्या २१ लाख ९० हजार ५ सय ९२ छ। यो संख्या २०७८ मा गरिएको जनगणनाको हो। १० वर्षअघि यो संख्या २ लाख ६९ हजार ९८ थियो। 

२०७८ मा राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणना गरेको थियो। उक्त गणनाअनुसार आज केही थप प्रतिवेदन सार्वजनिक गरिएको छ।

जसअनुसार नेपालमा विदेशमा जन्मिने र विदेशमा स्थायी बसोबास गर्नेको संख्या बढिरहेको देखिन्छ। 

विदेशमा रहेको संख्याको गणना नेपालमा रहेका आफन्तहरुको जानकारीका आधारमा गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .