सत्ता गठबन्धन परिवर्तन हुने भएसँगै सेयर बजारमा उछाल आएको छ।
बजार खुलेको ३ मिनेटमै सर्किट हानेको हो।
नेपाली कांग्रेससँगको गठबन्धन छुट्टिएर एमाले, माओवादीसहितको नयाँ गठबन्धन बन्ने अवस्था सेयर बजारमा देखिएको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार ७९.२९ अकं बढेसँगै कारोबार रोकिएको छ।
११ बजे खुलेको बजार ११:०३ मिनेट जाँदा ४.०४ प्रतिशत बढेसँगै सर्किट ब्रेक भएको नेप्सेले उल्लेख गरेको छ।
873
Shares

प्रतिक्रिया