ad ad

कारोबार


सार्वजनिक पदाधिकारीसँग प्रधानमन्त्रीको गुनासो– समयमै निर्णय नगर्ने प्रवृत्ति बढ्यो

सार्वजनिक पदाधिकारीसँग प्रधानमन्त्रीको गुनासो– समयमै निर्णय नगर्ने प्रवृत्ति बढ्यो

नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रधानमन्त्रीको कार्यालय


नेपालखबर
फागुन १७, २०८० बिहिबार १५:१५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक पदाधिकारीबाट समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तर्निकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति बढेको बताएका छन्। 

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा उनले यस्तो गुनासो गरेका हुन्। 

उनले भने, ‘मैले बारम्बार जोड दिँदै आएको छु, प्रचलित ऐन, नियमको परिधिभित्र रही निर्णय गर्न कसैले हिच्काउनु हुँदैन, पर्दैन।’ 

कुनै पनि सार्वजनिक पदाधिकारीले असल नियतले गरेको निर्णयको बचावट गर्न र त्यस्तो कर्मचारीको संरक्षण गर्न आफू सदैव प्रतिबद्ध रहेको पनि उनले बताएका छन्।

‘तसर्थ सोहीबमोजिम गतिशील र सिर्जनशील भूमिका निर्वाह गर्न तत्पर रहनुहोला’, उनको आग्रह छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .