ad ad

कारोबार


तथ्यांकमा हेर्नुहाेस् बजेट समीक्षामार्फत अर्थ मन्त्रालयको राजस्व अनुमान र संकलनकाे अवस्था

तथ्यांकमा हेर्नुहाेस् बजेट समीक्षामार्फत अर्थ मन्त्रालयको राजस्व अनुमान र संकलनकाे अवस्था

नेपालखबर
माघ २९, २०७६ बुधबार ११:२९,

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब ३ करोड ३३ लाख राजस्व संकलन हुने अनुमान गरेको छ।

मन्त्रालयको उक्त अनुमानबाट संघीय सरकारको बजेटका लागि ९ खर्ब खब १ अर्ब १३ करोड ३ लाख खर्च व्यहोर्ने र १ खर्ब ३० अर्ब १ करोड ५० लाख राजस्व बाँडफाँटमार्फत प्रदेश तथा स्थानीय तहलाई हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ।

चालू आर्थिक वर्ष संघीय सरकारको कुल बजेटको लागि राजस्व स्रोतबाट ६४ प्रतिशत योगदान रहने अनुमान गरिएको छ। आर्थिक वर्षको ६ महिना अवधिमा  ४ खर्ब ५६ अब १८ करोड असुल भएको छ जुन गत वर्षको तुलनामा १३ दशमलव ४ प्रतिशतले बढी हो।

गत वर्ष यस अवधिमा कुल राजस्व संकलनमा करिब २६ प्रतिशत वृद्धिदर कायम भएको अर्धवार्षिक समीक्षा गरिएको छ।

चालू आर्थिक वर्षमा आयातमा गिरावट आएकोले त्यसको प्रत्यक्ष प्रभाव भन्सार संकलनमार्फत समग्र राजस्व परिचालनमा देखिएको छ। यस आर्थिक वर्षको पुस मसान्तसम्म वार्षिक लक्ष्यको करिब ४१ प्रतिशत राजस्व असुली भएको छ। समीक्षा अवधिसम्म विभिन्न राजस्व शीर्षकहरूमा संकलन भएको राजस्वको तालिकामा रहेको छ।

यस्ताे छ राजस्व संकलनकाे अवस्था (तालिकामा) ः 

स्राेत: अर्थ मन्त्रालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .