ad ad

कारोबार


नेप्से फेरि २ हजार विन्दुमा, २ कम्पनीको सेयरमा सकारात्मक सर्किट

नेप्से फेरि २ हजार विन्दुमा, २ कम्पनीको सेयरमा सकारात्मक सर्किट

नेपालखबर
फागुन १५, २०८० मंगलबार १५:१०, काठमाडौँ

नेप्से फेरि २ हजार विन्दुमा चढेको छ। 

मंगलबार सूचक ९.३४ अंकले बढेर २००१.६४ विन्दुमा पुगेको हो। 

तर कारोबार रकम भने झनै घटेको छ। मंगलबार २ अर्बको पनि कारोबार भएन। 

नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार अवधि सकिँदा १ अर्ब ८६ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको हो। आज ५२ लाख कित्ता मात्र बिक्री भएको छ। 

योसँगै १ सय ४३ कम्पनीको सेयर मूल्य बढेको छ। आज बोटलर्स नेपाल (बालाजु) र बीपीडब्लु लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी सामलिङ पावर कम्पनीको पनि ९.२६ प्रतिशतले सेयर बढेको छ। 

यसबाहेक अन्य लगानीकर्ताले निकै कम दरमा प्रतिसेयर आम्दानी गरेका छन्। 

आज ८९ कम्पनीको सेयर मूल्य घटेको छ भने १६ वटाको उही मूल्यमा कारोबार भएको छ। कम्पनीहरुको सेयर अधिकतम ५.०६ प्रतिशतसम्म घटेको छ। 

सर्वाधिक कारोबारमा सोनापुर मिनरल्स अगाडि छ। कम्पनीको १४ करोडको सेयर कारोबार भएको हो। 

दिनभरिमा ४० हजार ९ सय ५१ पटक कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .