कारोबार


सेन्चुरी बैंकमा हिनामिना : यी हुन् दुई सीईओसहित पक्राउ परेका १० कर्मचारी

सेन्चुरी बैंकमा हिनामिना : यी हुन् दुई सीईओसहित पक्राउ परेका १० कर्मचारी

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका तुलसी गौतम र मनोज न्यौपाने


नेपालखबर
फागुन १५, २०८० मंगलबार १२:५६, काठमाडौँ

तत्कालीन सेन्चुरी कमर्सियल बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीले पूर्वसीईओ तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको छ।

गौतमसँगै यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) द्वारा पक्राउ गरिएकाहरूको संख्या १० पुगेको छ। 
यसअघि सेन्चुरीकै पूर्वसीईओ मनोज न्यौपानेलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

सीआईबीका एक अधिकारीले नेपालखबरलाई बताएअनुसार अहिलेसम्म यस प्रकरणमा तत्कालीन सेन्चुरी बैंकका १० जना कर्मचारी पक्राउ परेका छन्।

पछिल्लो पटक पक्राउ परेका गौतम मनोज न्यौपाने सेन्चुरीको प्रमुख कार्यकारी अधिकृत हुनुअघि उक्त जिम्मेवारीमा थिए। न्यौपाने २०७८ असारदेखि सेन्चुरीको प्रमुख कार्यकारी अधिकृत भएका थिए। 

सेन्चुरी कमर्सियल बैंक अहिले प्रभु बैंकमा गाभिएको छ। उक्त बैंकमा मनोज न्यौपाने अहिले वरिष्ठ डेपुटी सीइओका रुपमा कार्यरत छन्। 

को को पक्राउ परे? 
तुलसी गौतम-तत्कालीन सीईओ सेन्चुरी कमर्सियल बैंक
मनोज न्यौपाने-तत्कालीन सीईओ सेन्चुरी कमर्सियल बैंक

कर्मचारीहरू
सविन घिमिरे
सुवास श्रेष्ठ
अनुपमा श्रेष्ठ
सुनिल बस्नेत
दिलिप बराल
दिपेश प्रधान
राजेश भण्डारी
रमन श्रेष्ठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad