ad ad

खेल


टी-२० आई सिरिज : नेपाललाई नामिबियाको २०७ रनको लक्ष्य

टी-२० आई सिरिज : नेपाललाई नामिबियाको २०७ रनको लक्ष्य

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १५, २०८० मंगलबार १३:१२, काठमाडौँ

जान निकोल लोफ्टी-इटोनको कीर्तिमानी शतकमा त्रिकोणात्मक टी-२० आई सिरिजमा घरेलु टोली नेपालसामु नामिबियाले २ सय ७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रनको योगफल तयार पारेको हो। 

चौथो विकेटका लागि जान निकोल लोफ्टी–इटोन र मलान क्रुगरले १ सय ३५ रनको साझेदारी गरेपछि नेपालविरुद्ध विशाल लक्ष्य प्रस्तुत गर्ने आधार खडा गरे। 

जान निकोल लोफ्टी–इटोन १ सय १ रनमा आउट भए। अन्तिम ओभरको दोस्रो बलमा अविनास बोहोराले उनलाई गुल्सन झाको हातबाट क्याच आउट गराउँदै नेपाललाई महत्वपुर्ण विकेट दिलाएका थिए।

३६ बलमा ११ चौका र ८ छक्का हानेका उनी १ सय १ रन बनाउँदै पेभेलियन फर्के। 

जानले ३३ बलमा ११ चौका र ८ छक्का मद्धतमा शतक पूरा गर्दै कीर्तिमानी शतक पूरा गरेका थिए। 

यो सँगै उनले कुशल मल्लको कीर्तिमान तोडेका हुन्। कुशलले सन् २०२३ को १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाउँदै किर्तिमान बनाएका थिए।

नेपालविरुद्ध शतक पूरा गर्ने जान निकोल दोस्रो खेलाडी हुन्। यसअघि १९ औँ एसियन गेम्समा भारतिय टोलीका यशस्वी भुपेन्द्र कुमार जैसवालले शतक हानेका हुन्। नेपालविरुद्ध सर्वाधिक रन बनाउने जान निकोल पहिलो खेलाडी हुन्। 

नेपालविरुद्ध डेब्यु खेल खेलेका मलान क्रुगर ५९ रनमा नटआउट रहे। मलानले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। कप्तान जेजे स्मिथ १ रनमा नटआउट रहे। 

नामिबिर्या एक समय १०.४ ओभरमा ६२–२ को अवस्थामा थियो। १२ औँ ओभरपछि आएर नेपालले लय गुमाउन पुग्यो। गुल्सन झा ले १८ रन दिए। १३ औँ ओभरमा कप्तान रोहित पौडेलले पनि १८ रन नै दिए। त्यसपछि नेपाल खेलमा फर्कन सकेन। 

कप्तान रोहित पौडेलले ११ औँ ओभरको चौथो बलमा ५ रन बनाएका जान फ्रेलिंकलाई विकेटकिपरको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।

त्यसअघि कप्तान रोहितले नै जिन कोट्जेलाई क्याच आउट गराउँदै नेपाललाई दोस्रो सफलता दिलाएका थिए। रोहितले नवौँ ओभरको दोस्रो बलमा ११ रन बनाएर खेलिरहेका कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराए। 

छैटौँ ओभरको पाचौँ बलमा करण केसीले १९ बलमा २ चौका र १ छक्का हानेका ओपनर माइकल भान लिंगेनलाई गुल्सन झाको हातबटा क्याच आउट गराएका थिए। पहिलो विकेटका लागि माइकल र मलान क्रुगरले ३६ रनको साझेदारी गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .