कारोबार


सुनको मूल्य यथावत्, चाँदीको १५ रुपैयाँ सस्तो

सुनको मूल्य यथावत्, चाँदीको १५ रुपैयाँ सस्तो

नेपालखबर
फागुन १५, २०८० मंगलबार १०:४९, काठमाडौँ

सुनको मूल्यमा मंगलबार कुनै परिवर्तन भएको छैन। 

सोमबार २ सय रुपैयाँ सस्तिएको सुन मंगलबार उही मूल्यमा कारोबार भएको हो। 

मंगलबार पनि छापावाल सुन १ लाख १८ हजार ३ सय, तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको मूल्य भने १५ रुपैयाँले सस्तो भएको छ। सोमबार १ हजार ३ सय ९५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको चाँदी १ हजार ३ सय ८० रुपैयाँमा झरेको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad