ad ad

कारोबार


पूर्वतयारी सकिएका आयोजनालाई मात्रै बजेट विनियोजन हुने

पूर्वतयारी सकिएका आयोजनालाई मात्रै बजेट विनियोजन हुने

नेपालखबर
फागुन १४, २०८० सोमबार १५:६, काठमाडौँ

अब पूर्वतयारी सम्पन्न हुने आयोजनालाई मात्रै आगामी आर्थिक वर्षमा बजेट विनियोजन हुने भएको छ।

आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताहरु संसदमा पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो व्यवस्था गरिने बताएका हुन्।

आयोजना वर्गीकरणको आधार तथा मापदण्ड पूरा भई पूर्वतयारी सम्पन्न भएका आयोजनालाई मात्र बजेट विनियोजन गर्ने उनले पेस गरेको सिद्धान्त र प्राथमिकता उल्लेख छ। 

यसअनुसार निर्माणाधीन आयोजना सम्पन्न गर्न र स्रोत सुनिश्चित गरिएका आयोजनालाई आवश्यक रकम विनियोजन गरिने बताइएको छ। 

सिद्धान्त र प्राथमिकताका आधारमा बजेटको बाँडफाँट गर्दा उत्पादन वृद्धिलाई टेवा पुग्ने गरी प्राथमिकता प्राप्त आयोजनामा सार्वजनिक खर्च केन्द्रित बताइएको छ।  

चालू खर्चलाई नियन्त्रण गर्दै दोहोरो कार्यक्षेत्र भएका संरचना क्रमश: खारेज गर्दै लगिनेछ। आयोजना वर्गीकरणको आधार तथा मापदण्ड पूरा भई पूर्वतयारी सम्पन्न भएका आयोजनालाई मात्र बजेट विनियोजन गर्ने नीति लिइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .