ad ad

कारोबार


सेरेसको थ्रि एस सुविधासहितको शोरुम बुटवलको कालिकानगरमा

सेरेसको थ्रि एस सुविधासहितको शोरुम बुटवलको कालिकानगरमा

नेपालखबर
फागुन ११, २०८० शुक्रबार २१:१६, काठमाडौँ

विद्युतीय सवारी साधन ब्रान्ड सेरेसले बुटवलको कालिकानगरमा आफ्नोे अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ।

कम्पनीले बुटवलमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको जनाएको हो।

नेपालमा सेरेस ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इएम मोटर्ससँग साझेदारी गरेको हो।

शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई, एमएडब्लू वृद्धि अटोकोर्प का बिजनेष हेड प्रशन्न पन्त, इएम मोटसका डाईरेक्टर राजेश घिमिरे लगाएतले सोरुमको उद्घाटन गरेका थिए।

रुपन्देहीमा इलेक्ट्रिक चारपांग्रे सवारी साधनको माग बढ्दै गएको भन्दै रुपन्देहीमा सेरेस गाडी लोकप्रिय हुने विश्वास व्यक्त गरे।    

शोरुम उद्घाटनको अवसरमा एक जना  ग्राहकलाई इएम  मोटर्सले सेरेस थ्रि इभी  गाडी हस्तान्तरण गरेको छ।

सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ। जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ।

हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको जनाएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .