ad ad

कारोबार


१९७ कम्पनीको सेयर मूल्य घट्यो

१९७ कम्पनीको सेयर मूल्य घट्यो

नेपालखबर
फागुन १०, २०८० बिहिबार १५:३२, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से २०.७६ अंकले घटेको छ। साताको अन्तिम कारोबार दिन नेप्से उक्त अंकले घटेर २००५.८३ विन्दुमा झरेको हो। 

योसँगै ४९ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १९७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। दुईवटाको सेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन। 

बजारमा आज ३ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ। ९५ लाख कित्ता सेयर बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो। 

आज पनि धेरै कमाउनेमा समाज लघुवित्तकै लगानीकर्ता छन्। कम्पनीको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले १९७.८० रुपैयाँ प्रतिसेयर आम्दानी गरे। दोस्रो धेरै कमाउनेमा जोशी हाइड्रोका लगानीकर्ता छन्। कम्पनीको पनि ९.८७ प्रतिशतले सेयर बढेको छ। 

आज लगानीकर्ताले ७.६० प्रतिशतसम्म गुमाएका छन्। सर्वाधिक कारोबारमा हिमालयन रि अगाडि छ। कम्पनीको १४ करोड ८७ लाखको सेयर कारोबार भएको छ। 

दिनभरिमा ७७ हजार ८ सय ३३ पटक खरिदबिक्री भएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .