ad ad

राजनीति


प्रेम सुवालले भने : मुखैमा आइसकेको माधव नेपालको प्रधानमन्त्री पद उम्किने खतरा छ

प्रेम सुवालले भने : मुखैमा आइसकेको माधव नेपालको प्रधानमन्त्री पद उम्किने खतरा छ

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०८० बिहिबार १५:३३, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्न नसक्ने बताएका छन्। 

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक २०८० माथि विरोधको सूचना दिन संसद्को रोष्टमबाट उनले यसअघि दलहरूले राखेको ३ प्रतिशतको थ्रेसहोल्डकै कारण नेपाल प्रधानमन्त्री बन्न नसक्ने बताएका हुन्।

सुवालले भने, ‘सांसद माधव नेपाल ३ प्रतिशत प्रावधानको पक्षमा हुनुहुन्थ्यो? अहिले १० सांसद भएपनि ३ प्रतिशत नपुग्दा उहाँको दलले राष्ट्रिय दलको मान्यता पाएन। त्यहीकारण आउन लागेको प्रधानमन्त्री पद जाने भयो, खुस्किने भयो भन्ने चर्चा छ।’

सुवाल नेतृत्वको मजदुर किसान पार्टी थ्रेसहोल्ड राख्न नहुने पक्षमा उभिएको छ। नेपालको निर्वाचन प्रणालीअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको र समानुपातिकतर्फ कूल खसेको सदर मतको ३ प्रतिशत मत नल्याउनेले राष्ट्रिय दलको मान्यता नपाउने व्यवस्था छ।

एकीकृत समाजवादीले २०७९ को निर्वाचनमा प्रतिनिधिसभामा १० स्थान प्रत्यक्षबाट जितेको छ।

तर, समानुपातिकमा ३ प्रतिशत मत नल्याएपछि राष्ट्रिय पार्टी बन्न सकेको छैन।  

सत्ता गठबन्धनमा भएको भनिएको भद्र सहमतिअनुसार पुष्पकमल दाहाल प्रचण्डपछि अध्यक्ष नेपाल प्रधानमन्त्री बन्ने चर्चा छ।

तर, प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतले राष्ट्रिय दलको मान्यता नपाएको पार्टीले सरकारको नेतृत्व गर्न नपाउने दाबी गरिरहेका बेला सांसद सुवालको यो भनाइ आएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .