ad ad

कारोबार


विमानस्थल आगलागी छानबिन गर्न पाँच सदस्यीय समिति गठन

विमानस्थल आगलागी छानबिन गर्न पाँच सदस्यीय समिति गठन

नेपालखबर
माघ २८, २०७६ मंगलबार १२:१६,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको कफीसपमा भएको आगलागीबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ। मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

संयोजक आचार्यले ‘मन्त्रालयकै उपसचिब, प्रहरी मुख्य कार्यलयका एसपी, नेपाल वायुसेवा प्राधिकरणका २ जनागरी ५ जनाको समिती गठन भएको’ जानकारी दिए। मन्त्रालयले समितिलाई एक हप्ताभित्र घटनाको सत्य तथ्य पत्ता सुझावसहितको प्रतिवेदन पेश गर्ने भनेको छ।

सोमबार राति सवा ८ बजेको समयमा विमानस्थलको प्रस्थान कक्षमा सञ्चालित कफी पसलमा आगलागी हुँदा केही समय अडान र अवतरण अवरुद्ध समेत भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .