ad ad

कारोबार


८ भारतीयको मृत्यु प्रकरण : दामनको एभरेष्ट पानोरमा रिसोर्टमाथि कारबाही

८ भारतीयको मृत्यु प्रकरण : दामनको एभरेष्ट पानोरमा रिसोर्टमाथि कारबाही

नेपालखबर
माघ २८, २०७६ मंगलबार ११:४७,

आठ जना भारतीय पर्यटकको निसास्सिएर ज्यान जाने गरी घटना भएको एभरेष्ट पानोरमा रिसोर्ट निलम्बनमा परेको छ। माघ २६ को सचिवस्तरीय निर्णयअनुसार ३ महिनाको लागि कुनै पनि होटल व्यवसाय सम्बन्धित काम नगर्न पर्यटन विभागले कारबाही गरेको हो।

पर्यटन विभागकी निर्देशक मिरा आचार्यले भनिन्, ‘सचिवस्तरको निर्णयअनुसार तीन महिना कारबाही गरेका हौं।’ त्यसपछि पर्यटन ऐन, होटलसम्बन्धी आकर्षित हुने कानुन पूरा गरेरमात्रै काम अगाडि बढाउन निर्देशन जारी भएको उनले जनकारी दिइन्।

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा रहेको रिसोर्टमा माघ ६ गते ८ भारतीय पर्यटक निसास्सिएर मृत्यु भएको थियो। विभागले जारी गरेको निलम्बनपत्रमा पर्यटन ऐन, २०३५ को दफा १५ को उपदफा २ बमोजिम रिसोर्ट निलम्बन गरिएको उल्लेख गरेको छ।

वि.सं. २०७० चैतबाट फ्च्र्यूना इन्टरनेशनल कम्पनीले सञ्चालन गरेको उक्त रिसोर्ट पर्यटन ऐन, २०३५ को दफा १० बमोजिम पर्यटन विभागबाट तोकिएबमोजिम स्तर वर्गीकरण समेत नगराएको, रिसोर्ट सञ्चालनको क्रममा पर्याप्त सुरक्षात्मक र व्यवस्थापकीय कमजोरी पाइएको पत्रमा उल्लेख छ।

पर्यटकको मृत्यु भएलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा छानबिन गर्न समिति गठन गरी घटनाको अनुसन्धान गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .