समाज


भारतले भन्योः कोरोनाविरुद्ध लड्न हामी चीनलाई सहयोग गर्छौ

भारतले भन्योः कोरोनाविरुद्ध लड्न हामी चीनलाई सहयोग गर्छौ

नेपालखबर
माघ २८, २०७६ मंगलबार ६:४७,

भारतीय संचारमाध्यमका अनुसार मोदीले सीलाई चिठीमा कोरोनाभाइरसको उद्गमस्थल हुपेइ प्रान्तको वुहान शहरबाट भारतीय नागरिकलाई स्वदेश फर्काउन सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका छन्।

मोदीले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका चिनियाँ नागरिकको परिवारप्रति समवेदना प्रकट गरेका छन्।

यस्तै कोरोनाविरुद्ध लड्न आफूहरु चीनलाई सहयोग गर्न तयार भएको पनि भारतले बताएको छ। मोदीले चिठी पठाएपछि चीन खुशी भएको बताइएको छ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८ पुग्यो
कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या हजार नाघेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना भाइरस संक्रमणबाट मंगलबार बिहानसम्म १ हजार १८ जनाको मृत्यु भएको हो।

नोवल कोरोना भाइरसका कारण चीनमा सोमबार एकै दिन १०८ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा संक्रमण देखिएयता मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो।

योसँगै मंगलबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।

चीनबाहिर २७ देशमा ४ सय ६० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको छ। चीनबाहिर फिलिपिन्स र हङकङमा एक/एक जनाको मृत्यु भएको छ ।

संक्रमित/मृत्यु : कहाँ कति?
चीन– १०१६ मृत्यु, ४२,६३८ संक्रमित
हङकङ- १ मृत्यु, ४२ संक्रमित
फिलिपिन्स- १ मृत्यु, ३ संक्रमित

संक्रमित 
जापान- १६१
सिंगापुर- ४५
थाइल्यान्ड- ३२
दक्षिण कोरिया- २८
ताइवान- १८
अस्ट्रेलिया- १५
मलेसिया- १८
जर्मनी- १४
भियतनाम- १४
अमेरिका- १३
मकाओ- १०
क्यानडा- ७
फ्रान्स- ११
यूएई- ८
इटाली- ३
भारत- ३
बेलायत- ८
रुस- २
श्रीलंका- १
कम्बोडिया- १
फिनल्यान्ड- १
नेपाल- १
स्विडेन- १
स्पेन- १
बेल्जियम- १ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad