ad ad

कारोबार


यूएसएडको अनुदानमा सञ्चालित ९ कार्यक्रमको बजेट फुकुवा

यूएसएडको अनुदानमा सञ्चालित ९ कार्यक्रमको बजेट फुकुवा

नेपालखबर
फागुन ३, २०८० बिहिबार १७:३१, काठमाडौँ

यूएसएडका ९ अनुदानित कार्यक्रमको बजेट फुकुवा भएको छ।

तेस्रो त्रैमासिकअन्तर्गत शोधभर्ना हुने अनुदानमार्फतको बजेट फुकुवा भएको हो।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको चालू आर्थिक वर्षको लागि विनियोजित बजेट निकासाको लागि फुकुवा गरिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। 

बजेट फुकुवा भएका कार्यक्रमहरुमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम, परिवार कल्याण कार्यक्रम, महामारी रोग नियन्त्रण कार्यक्रम, स्वस्थ्य व्यवस्थापन कार्यक्रम, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र छन्।

त्यस्तै नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रम, स्वास्थ्य व्यवस्थापन कार्यक्रमअन्तर्गत प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरण भएको रकम समेत फुकुवा भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .