लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रको स्तूप क्षेत्र शारदाप्रसाद अधिकारीको कम्पनीलाई दिने निर्णय खारेज गरेको छ।
संघीय संसदको लेखा समितिले सम्झौता खारेज गर्न निर्देशिन दिएसँगै कोषको कार्यकारिणी बैठकले समाधि स्थल भाडामा दिने निर्णय खारेज गरेको हो।
गौतम बुद्धको अस्थिधातु रहेको क्षेत्रलाई शारदा प्रसाद अधिकारीका छोराको नामका रहेको प्रमिस्ड ल्यान्डलाई स्तूप क्षेत्रको विकास र संरक्षण गर्न लिजमा दिने सम्झौता भएको थियो।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले माघ २८ गते रामग्राम स्तूप क्षेत्रको जग्गा द प्रमिस्ड ल्यान्डलाई लिजमा दिने निर्णय खारेज गर्न निर्देशन दिएको थियो।
कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मंगलबारको लागि बैठक डाकेका थिए।
ठेकेदार शारदाप्रसाद अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बस्ने गरेको खुमलटारस्थित निवासका घरधनी हुन्।
Shares
प्रतिक्रिया