ad ad

ग्लोबल


भारतमा फेरि सुरु भयो किसान आन्दोलन, दिल्ली वरिपरि किल्लाबन्दी

भारतमा फेरि सुरु भयो किसान आन्दोलन, दिल्ली वरिपरि किल्लाबन्दी

नेपालखबर
फागुन १, २०८० मंगलबार १२:२५,

भारतमा किसानहरुले विभिन्न माग राख्दै पुनः आन्दोलन सुरु गरेका छन्। छिमेकी राज्यहरुबाट राजधानी दिल्लीतर्फ उनीहरु अघि बढेका छन्।

२०२० मा पनि दिल्लीको सीमावर्ती क्षेत्रमा किसानहरुले वर्षदिन लामो आन्दोलन गरेका थिए। जसमा दर्जनौँको ज्यान गएको थियो। 

आन्दोलनपछि सरकारले बाध्य भएर कृषि सुधारका लागि ल्याएको कानुन फिर्ता लिएको थियो।

तर, आफ्ना मागहरु पूरा नभएको भन्दै किसानहरु फेरि आन्दोलित भएका छन्।

दिल्ली सहरका तीनतिरका नाका प्रहरीले बन्द गराएको छ। प्रहरीले आन्दोलनकारीलाई राजधानी सहरमा पस्न नदिन काँडेतार राखेर बाटो बन्द गरेको छ।

किसानहरुले उब्जनीको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने माग राखेका छन्। त्यस्तै, किसानाको नाफा दोब्बर पार्नुपर्ने माग पनि उनीहरुको छ।

यसअघिको आन्दोलनलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले सामना गरेको सबैभन्दा ठूलो चुनौतीका रुपमा हेरिएको थियो। अहिले आम चुनावको मुखैमा हुन लागेको आन्दोलनबाट सरकार अझ दबाबमा पर्नसक्ने अनुमान गरिएको छ।

मंगलबारको मार्चमा २०० किसान युनियन सहभागी छन्। सोमबार मन्त्रीहरुले किसान संगठनका नेताहरुसँग ६ घण्टा लामो वार्ता गरेका छन्। किसान आन्दोलनका सहभागीविरुद्ध लगाइएका मुद्दा फिर्ता लिने लगायत केही मागमा उनीहरुबीच सहमति भएको थियो।  

तर, न्यूनतम समर्थन मूल्यमा सहमति हुन सकेन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .