ad ad

कारोबार


अरुण चौधरी पक्राउप्रति नाडाको आपत्ति

अरुण चौधरी पक्राउप्रति नाडाको आपत्ति

नेपालखबर
माघ १८, २०८० बिहिबार २१:३८, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडाका सदस्य एवम् सीजी होल्डिङ्गसका अध्यक्ष, प्रबन्ध निर्देशक अरुण चौधरीलाई गिरफ्तारी गरिएकोप्रति आपत्ति जनाएको छ।

चौधरीलाई कुनै ठोस प्रमाण र आधारबिना नै नेपाल प्रहरीले छानबिनका नाममा पक्राउ गरेको भन्दै नाडाले सरकारको घोर भर्त्सना गरेको छ।

‘सम्बन्धित विषयको गहिरो अध्ययन र अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई आग्रह समेत गर्दछौँ’ नाडाले विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘पहिले गिरफ्तारी तत्पश्चात मात्र समस्या पहिल्याउने प्रवृत्तिले व्यवसायीहरूलाई थप हतोत्साहित मात्र बनाएको छैन यसले आउँदै गरेको लगानी सम्मेलनलाई समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ।’

नाडाले पहिला आवश्यक छानबिन र सत्यतथ्य यकीन गरेर मात्र कानूनी प्रकृयालाई अघि बढाउन आग्रह गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .