ad ad

कारोबार


आईएमई पे ‘एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

आईएमई पे ‘एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

नेपालखबर
माघ १५, २०८० सोमबार १९:३०, काठमाडौँ

डिजिटल वालेट ‘आईएमई पे’ प्रतिष्ठित ‘एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित भएको छ।

कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आइएमई पे’ कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो।

आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नवप्रवर्तन, नेतृत्वदायी जनशक्ति व्यवस्थापन, सहज ग्राहक सेवा, वित्तीय समावेशीता तथा साक्षरताको उत्थानमा गतिशील रहने कम्पनीको प्रतिबद्धता प्रतिको सम्मानको रुपमा लिएको बताए।

कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डल मार्फत मूल्यांकन गराइ नेपालको कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .