सेयरबजार आज १०.२६ अंकले उकालो लागेको छ। नेप्से उक्त अंकले बढेर २१ सय माथि उक्लिएको हो।
आज बजार १०.२६ अंकले २१०४.७२ विन्दुमा पुगेसँगै कारोबार समेत बढेको छ। आज ४ अर्ब ५६ करोड ६५ लाखको कारोबार भएको हो।
बजारमा आज उत्पादनमूलक कम्पनीको सेयरमा उछाल आएको छ। योसँगै युनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्।
यता महुली लघुवित्तका लगानीकर्ताले भने धेरै गुमाएका छन्। कम्पनीको सेयर ३.६३ प्रतिशतले घट्दा लगानीकर्ताले ३२ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ।
आज पनि बजारमा सबैभन्दा बढी कारोबार हिमालयन रि इन्स्योरेन्सको १६ करोड १३ लाख र नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ९० लाखको कारोबार भएको छ।
39
Shares
प्रतिक्रिया