अमेरिकी डलरको भाउ यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दर अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा निर्धारण भएको छ।
आइतबार पनि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा नै थियो।
त्यसैगरी आज युरो १ को खरिदर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। आइतबार युरो १ को खरिदर १४४ रुपैयाँ २९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९४ पैसा थियो।
त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। आइतबार बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८५ पैसा थियो।
त्यसैगरी बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। आइतबार बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५८ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। आइतबार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९८ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को करिददर ४३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ३१ पैसा निर्धारण भएको छ।
हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

Shares

प्रतिक्रिया