ad ad

समाज


चितवनमा बोलेरोको ठक्करबाट बाबुको मृत्यु, छोरी गम्भीर घाइते

चितवनमा बोलेरोको ठक्करबाट बाबुको मृत्यु, छोरी गम्भीर घाइते

नेपालखबर
माघ १५, २०८० सोमबार ५:४१, काठमाडौँ

चितवनमा मोटरसाइकललाई बोलेरो गाडीले ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शरणपुरबाट नारायणगढ आउँदै गरेको बा.प्र.०३-००१ च ११९७ नम्बरको बोलेरो गाडीले बा.प्र ०३-००३ प ८६२४ नम्बरको मोटरसाइकललाई भरतपुर महानगरपालिका-१६ शिवघाटमा ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँमा ४१ वर्षीय मधुसुदन खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो। उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनकी छोरी १५ वर्षीया अपेक्षा खत्रीको नयाँ मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रहरीले बोलेरो चालकलाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .