ad ad

कारोबार


हिमालयन रिलाई भारतबाट पुनर्बीमा व्यवसाय गर्ने बाटो खुल्यो

हिमालयन रिलाई भारतबाट पुनर्बीमा व्यवसाय गर्ने बाटो खुल्यो

नेपालखबर
माघ ५, २०८० शुक्रबार १५:३२, काठमाडौँ

निजी क्षेत्रबाट स्थापित नेपालको पहिलो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स लिमिटेडलाई भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेको छ। 

योसँगै भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको कम्पनीले जनाएको छ। हिमालयन रि इन्स्योरेन्स लिमिटेडको निवेदनउपर आईआरडीएआईले यही माघ २ गते स्वीकृति प्रदान गरेको हो। 

कम्पनीले स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनीको छवि बनाउन सफल भएको छ। 

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले केही समयअघि मात्रै सर्वसाधारणमा सार्वजनिक सेयर निष्काशन प्रक्रिया पूरा गरी धितोपत्रको दोस्रो बजारमा कारोबार भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .