ad ad

कारोबार


वायु सेवा निगमको व्यवस्थापन निजी क्षेत्रलाई दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने तयारी

वायु सेवा निगमको व्यवस्थापन निजी क्षेत्रलाई दिने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने तयारी

नेपालखबर
माघ ४, २०८० बिहिबार २१:४, काठमाडौँ

सरकारले नेपाल वायुसेवा निगमको व्यवस्थापन निजी क्षेत्रलाई दिने तयारी गरेको छ। घाटामा चलिरहेको  निगमको  व्यवस्थापन करारको स्वरुप तयार गर्न समिति गठन गर्ने तयारी गरेको हो।  

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय बजारमा आफ्नो व्यवसाय वृद्धि गर्न २ वटा न्यारोबडी र वाइडबडी जहाज भित्राएपनि घाटामा सञ्चालन गरिरहेको छ। निगमको अहिलेको व्यवस्थापनले ध्यजबाहकलाई लैजान नसक्ने निष्कर्ष निकाल्दै निजी क्षेत्र भित्राउने तयारी गरेको छ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले करारमा दिने मोडालिटी तय गर्न समिति गठन गर्न खाका तयार गरेको छ। मन्त्रालयका एक अधिकारीका अनुसार आगामी मन्त्रिपरिषद बैठकमा प्रस्ताव गर्ने तयारी छ। उक्त प्रस्ताव पास भएसँगै समिति बन्ने छ।

मन्त्रालयमा भएको छलफल अनुसार समिति बढीमा सात सदस्यीय हुनेछ। जसमा नेपाल वायुसेवा निगमका पूर्व कार्यकायरी अध्यक्ष चार्टर्ड एकाउन्टेन्ट बीके मान सिंह श्रेष्ठ, योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री र निगमकै पूर्व महाप्रवन्धक डिम प्रसाद पौडेलमध्ये एक जनालाई संयोजक बनाउने तयारी भएको छ।

समितिका सदस्यहरूमा अर्थ र पर्यटन मन्त्रालयका सहसचिव एक एक जना, चार्टर्ड एकाउन्टेन्ट, व्यवथापन विज्ञ, सार्वजनिक व्यवस्थापन विज्ञ, अन्तर्राष्ट्रिय करार विज्ञ, कर्पोरेट कानुनका विज्ञ राख्ने तयारी छ।

संयोजक बनाउने सूचीमा रहेका क्षेत्रले केही समयअघि नेपाल वायुसेवा निगमको सुधारका लागि ३ वटा विकल्प सहित अध्ययन प्रतिवेदन दिएका छन्। जसमा अहिलेको संरचनालाई परिवर्तन गर्नुपर्ने निष्कर्ष निकालेका छन्। निगमलाई कम्पनी मोडलमा लैजाने वा अन्तर्राष्ट्रिय व्यवस्थापन कम्पनी भित्राई निगम सुधार गर्न सक्ने सुझाव दिएका छन्।

तत्कालिन महाप्रबन्धक डिप प्रकाश पौडेलले निगमलाई कम्पनी मोडलमै लैजाने प्रस्ताव ल्याएका थिए। उनको प्रस्तावमा निजी क्षेत्र, सर्वसाधरण, अन्तर्राष्ट्रिय कम्पनीको लगानी भित्राई पुनः संरचना गर्नुपर्ने प्रस्ताव रहेको थियो। तर निगमका कर्मचारीले पौडेलको प्रस्ताव अस्वीकार गर्दै कार्यलय प्रवेश निषेध नै गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .