ad ad

कारोबार


सिभिल बैंकको भीमसेनस्थानमा नयाँ शाखा, विपन्न विद्यार्थीलाई सहयोग

सिभिल बैंकको भीमसेनस्थानमा नयाँ शाखा, विपन्न विद्यार्थीलाई सहयोग

नेपालखबर
माघ २४, २०७६ शुक्रबार १०:२८,

सिभिल बैंक लिमिटेडले काठमाडौंको भीमसेनस्थान नयाँ शाखा कार्यालय स्थापना गरेको छ। शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शुक्रबार एक समारोहबीच उद्घाटन गरे।

सो अवसरमा उनले नेपालबाट विदेशिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई रोजगारीको सृजना गरेको उल्लेख गर्दै यसरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तिय योगदान पुर्‍याएमा देश आफैँ समृद्ध हुने बताए।

सो अवसरमा काठमाडौं महानगरपालिका वडा नं २० का वडाअध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाई तथा धन्यबाद दिँदै आफुले बैंकलाइ भरपुर सहयोग गर्ने बताए।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक भीमसेनस्थान शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिङ सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी ब्यापार ब्यवसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउँदै यस भेगको समृद्धिको लागी दत्तचित्त भएर काम गर्ने बताए।

DSC_1547.jpg

सिभिल बैंकका अध्यक्ष इ. इच्छा राज तामाङ्गले सिभिल बैंक समाजसँग निकट भएर सञ्चालन गर्ने नीति अनुरुप भीमसेनस्थान क्षेत्रमा नेवारी बाहुल्यता भए बमोजिम शाखाको परिचय पाटीदेखि लिएर उद्घाटन समारोहको ढाँचा पनि नेवारी संस्कृति अनुरुप गरिएको र बैंकले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने बताए।

समारोहका अध्यक्ष तथा सिभिल बैंकका अध्यक्ष इ. इच्छा राज तामाङबाट परोपकार आदर्श माविको कक्षा ९मा अध्ययनरत सुनी राईलाई बैंकको सि.यस.आर. प्रोग्राम अन्तर्गत मासिक रु ३०००का दरले १ वर्षको जम्मा रु ३६००० को आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरे।

DSC_1321.jpg

हालसम्म ४ लाख १५ हजार भन्दा बढी ग्राहकहरु रहेको सिभिल बैंकले रु ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु ५० अर्व कर्जा लगानी गरेको छ। देशभर १०६ वटा शाखाहरु तथा २ एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टर बाट सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .