सिद्धार्थ बैंकले २०७६ माघ २४ गते शुक्रबार रुकुम अवस्थित मुसिकोट शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ।
बैंकको मुसिकोट शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमबाट भएको थियोे। बैंकले उक्त शाखा २०७५ अषाढ ३१ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पीओस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफनो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको छ।
3
Shares
प्रतिक्रिया