ad ad

कारोबार


अमेरिकी डलर, दिनार र पाउन्डको भाउ बढ्यो

अमेरिकी डलर, दिनार र पाउन्डको भाउ बढ्यो

नेपालखबर
माघ ४, २०८० बिहिबार ५:३५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनियमत दर सार्वजनिक गरेको छ। 

अघिल्लो दिनको कारोबारको तुलनामा आज अमेरिकी डलर, कुबेती दिनार, बेलायती पाउन्डको भाउ बढेको छ भने युरोसहित केही विदेशी मुद्राको भाउ घटेको छ। 

आज युरो एकको खरिददर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ निर्धारण भएको छ। हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ०७ पैसा थियो।

आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३३ पैसा तोकिएको छ। हिजो अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३३  रुपैयाँ २२ पैसा पैसा थियो।

त्यस्तै कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ९० पैसा थियो।

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६८ पैसा तोकिएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ४० पैसा थियो।

आज बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड एकको खरिददर १६७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३४ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्टेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो अस्टेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९५ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .