ad ad

कारोबार


आयल निगमको कार्यकारी निर्देशकमा १४ जनाको निवेदन, को को?

आयल निगमको कार्यकारी निर्देशकमा १४ जनाको निवेदन, को को?

नेपालखबर
माघ १, २०८० सोमबार १२:३५, काठमाडौँ

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकको लागि १४ जनाले दाबेदारी पेस गरेका छन्।

उमेश थानीले राजीनामा दिएपछि रिक्त पदमा १४ जनाको आवेदन परेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ मा दरखास्त आह्वान गरेको थियो। जसमा १४ जनाले आवेदन दिएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार चण्डिकाप्रसाद भट्ट, वसन्तकुमार पाण्डे, डोलिन्द्रप्रसाद शर्मा, शत्रुघ्नप्रसाद पुडासैनी, कमलेन्द्रलाल कर्ण,  उत्तरकुमार रेग्मी, डोलप्रसाद चापागाईं, सहदेव चन्द, धरामदेव यादव र सञ्जीवकुमार श्रेष्ठ पंकजकुमार दास, माधव रेग्मी, आमोदप्रसाद चौधरी, दिलीपशेखर श्रेष्ठ, भीमसेन थापा छन्।

आयल निगममा ०७५ यता खुला प्रतिस्थपर्धाबाट कार्यकारी निर्देशक छनोट थालिएको हो।

मन्त्रालयको वाणिज्य तथा आपूर्तिसचिवको नेतृत्वमा छनोट समिति गठन हुने गरेको छ।

सो समितिले निवेदन दिएका उम्मेदवारहरूलाई अन्तर्वार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणपछि अन्तिम तीनजनाको नाम मन्त्रिपरिषदमा पेस गर्ने र तीमध्ये एकजनालाई कार्यकारी निर्देशकको पदमा मन्त्रिपरिषद् बैठकबाट नियुक्त गर्ने प्रावधान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .