सेञ्चुरी कमर्सियल बैंकले चुक्ता पुँजीकाे ६.७५ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ।
बैंक बिहीबार बसेको सञ्चालक समितिको ३०३ औं बैठकले २०७६ आषाढ मसान्तमा कायम चुक्ता पुँजी रु. ८ अर्व ४१ करोड ५४ लाख ७१ हजार ५सय ७६.३० रुपैयाँ को २ प्रतिशतले हुन आउने रकम रु. १६ करोड ८३ लाख ९ हजार ४सय २३.७० रुपैयाँ बोनश शेयर वितरण गर्ने निर्णय गरेको हाे।
यस्तै, कुल चुक्ता पुँजी रु.८ अर्व ४१ करोड ५४ लाख ७१ हजार ५७६.३ को ४.७५ प्रतिशतले हुन आउने रकम रु.३९ करोड ९७ लाख ३४ हजार ८९९.८७ रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्नको लागि प्रस्ताव गरिएको जनाइएको छ।
बैठकले आर्थिक वर्ष २०७५/७६ को वित्तिय विवरण, नाफा नोक्सानको विवरण र अन्य विवरण तथा अनुसूचीहरु प्रकाशन गर्न तथा प्रस्तावित लाभांश स्वीकृतको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि पारित गरेको छ।

प्रतिक्रिया